जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार २३:४१

हावाहुरी बर्दिया र दाङतर्फ बढ्दै : सचेत रहन अपिल


काठमाडौं ।

राष्ट्रिय आपतकालीन विपद व्यवस्थान केन्द्रले बर्दिया र दाङतर्फ हावाहुरी आईरहेको भन्दै सर्तक रहन अपिल गरेको छ । कैलाली र कञ्चनपुरमा आएको हावाहुरीको प्रवाह बर्दिया र दाङ हुँदै क्रमशः पूर्वतर्फ लाग्ने क्रममा रहेको जानकारी दिएको छ ।

सो हावाहुरीबाट बच्न सचेत र सर्तक रहन आमसर्वसाधारणमा अपिल गरेको हो । कैलाली र कञ्चनपुरमा बेलुकी साढे ७ः३० देखि आएको आँधी हुरीले निक्कै क्षति पुर्याएको अनुमान गरिएको छ । पछिल्लो जानकारी अनुसार एक जनाको मृत्यु भएको छ भने एक सयबढि घाइते भएका छन् ।

यता, मौषम विभागले पनि कंचनपुर, कैलाली, बर्दिया , बाँकेमा देखिएको हावा हुरिको प्रणाली पूर्वतिर सर्दै गइरहेकोले यसले दाङ, कपिलबस्तु र रुपन्देहिसम्म पनि असर गर्ने देखिएको बताएको छ । यो प्रणालीले पश्चिमका अन्य पहाडि जिल्लाहरुमा पनि हावाहुरि र मेघ गर्जन हुन सक्ने देखिएको जनाएको छ ।