जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार १३:००

इन्टरनेशनल विमेन अफ करेज अवार्ड विजेता मुस्कान


काठमाडौं, फागुन २१

एसिड आक्रमण परेकी वीरगन्जकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’ प्रदान गर्ने भएको छ । यो अवार्ड प्राप्त गर्ने १५ वर्षिया खातुन पहिलो नेपाली महिला बनेकी छन् । यो अवार्ड पाउनेमध्ये खातुन विश्वकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि वनेकी हुन् ।

एसिड आक्रमण अन्त्यका लागि गरेका कामका लागि उनलाई यो अवार्ड दिइएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । खातुनसँगको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमणमा परेकाका लागि विशेष कानुन ल्याउनु भएको थियो । अमेरिकाले मुस्कानले आफूमाथि घटेको दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरेकाले अवार्ड दिन लागेको जानकारी गराएको छ ।