काठमाडौं, चैत १ । प्रचण्डले बोकाएको भारी बोकेर आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अभियान चलाउनु भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आफ्नै बोली पासो बनेको छ । पुस ५ गतेपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध प्रचण्डसँग मिलेर अघि बढाएको षडयन्त्रमुलक योजना र आफैले दिएको अभिब्यक्ति यतिबेला एमालेमा फर्कनका लागि माधवलाई पासो बनेको हो ।
प्रचण्ड र माधवको कू योजना असफल पार्न प्रधानमन्त्री ओलीले पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा बिघटनलाई सर्वाेच्च अदालतले फागुन ११ गते बदर गरेपछि माधवले अव ओली सकिएको र आफूहरुले समाप्त पारेरै छाडने उदघोष गर्नुभएको थियो । तर फागुन २३ गते सर्वाेच्चले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र ब्यूँताएपछि नेपाललाई आफ्नै बोली पासो बनेको हो ।
हेर्नाेस भिडियो
https://www.facebook.com/sirtekraj/posts/4466066386756633
प्रतिक्रिया दिनुहोस्