जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १६:००

गोली प्रहार गरी बौद्धबाट एक लुटेरा प्रहरीको नियन्त्रणमा


काठमाडौं, जेठ २४

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी छिरिङ तामाङलाई नियन्त्रणमा लिएको छ । उनको दाहिने खुट्टामा गोली लागेको छ। महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार तामाङ आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा स‌लंग्न अभियुक्त हुन् ।

प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको एसएसपी थापाले बताउनुभयो । तामाङका अन्य पाँचजना साथीहरु भने यसअघि नै पक्राउ परिसकेको उहाँले बताउनुभयो ।