काठमाडौं, चैत ५
विश्व मुख स्वास्थ्य दिवस मनाइने भएको छ । २० मार्च अर्थात यही चैत्र ७ गते विहान ८ बजेदेखि चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलको प्राङ्गणमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्री कृष्ण गोपाल श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुहुने बताइएको छ । समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले विविध कार्यक्रमको आयोजना गरि विश्व मुख स्वास्थ्य दिवस मनाउन लागेको आज पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाले जानकारी गराएको छ ।
सम्मेलनमा वरिष्ठ दन्त चिकित्सक डा. सुवास घिमिरेले मुख स्वास्थ्यको औचित्यबारे प्रष्ट पार्नुभएको थियो । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ भएमात्र स्वस्थ रहन सकिने बताउनुभयो । त्यसैगरी डेन्टल एशोसियसनका अध्यक्ष प्रविन्द्र अधिकारीले दुरदराजमा समेत दन्त चिकित्सा पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा ४ हजार भन्दा बढी दन्त चिकित्सकहरु रहेपनि सरकारले दरबन्दी खडा गर्न नसक्दा आफूहरु अप्ठ्यारोमा परेको बताउनुभयो ।
त्यसैगरी डा. कुम्भराज जोशी, सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । वल्ड फेडरेशनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १ सय ३० वटा डेन्टल एशोसियसनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेकोमा यस वर्ष पनि ‘Be proud of Your mouth‘ भन्ने नाराका साथ यो दिवस मनाइन लागेको डेन्टल एशोसियनका अध्यक्ष प्रविन्द्र अधिकारीले जानकारी गराउनुभयो ।
मुख स्वास्थ्य दिवस २०२१ मा विभिन्न खाले जनचेतनामूलक कार्यक्रमहरु मनाइन लागेको एशोसियसनका अध्यक्ष अधिकारीले बताउनुभयो । कार्यक्रममा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिने आयोजकले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्