काठमाडौं, चैत्र ५
नेकपा एमालेका नेता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले १७ बुँदे प्रस्ताव फिर्ता लिन माधव नेपाल पक्षसँग अनुरोध गर्नुभएको छ । ललितपुरमा दुई दिनसम्म चलेको खनाल–नेपाल गुटको भेलाको निष्कर्ष एकताको पक्षमा नरहेको उहाले स्पष्ट पार्नुभयो ।
नेता पोखरेलले १७ बुँदे प्रस्ताव पार्टीको नेतृत्व र भविष्यप्रति नै निरासा पैदा गर्ने खालको रहेको टिप्पणी गर्नुभयो । ‘पार्टीको मुल नेतृत्व र पार्टीको भविष्यप्रति नै निरासा पैदागर्ने १७ वुँदे प्रस्ताव फिर्ता लिएर एकताका पक्षमा उभिन सबैलाई अनुरोध छ’, उहाले भन्नु भएको छ ।














प्रतिक्रिया दिनुहोस्