जनता टाइम्स

७ चैत्र २०७७, शनिबार ०७:०६

प्रिमियर लिगमा लिड्स युनाइटेडसँग फुलह्याम पराजित



काठमाडौँ, चैत ७ । इङ्ग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ ।

लिड्स युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले हराएको हो । लिड्सका प्याट्रिक वामफोर्डले खेलको २९ औं र राफिन्हाले ५८ औँ मिनेटमा गोल गरे ।

फुलह्यामका जोचिम एन्डरसेनले ३८ औँ मिनेटमा एक गोल फर्काए । जितसँगै लिड्स २९ खेलमा ३९ अङ्ककासाथ ११ औँ स्थानमा रहेको छ ।

फुलह्यामको ३० खेलमा २६ अङ्क छ । फुलह्याम अङ्कतालिकाको १८ औं स्थानमा छ । प्रिमियर लिगमा ७१ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।