जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १८:४८

पर्यटनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक


पोखरा ।

चालु र अघिल्लो आर्थिक वर्षकै नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएर गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै केही थपघट गरिएको छ । नीति तथा कार्यक्रममा यसपटक पनि पर्यटनलाई प्राथमिकतामा राखिएको छ । विद्युत खपतमा वृद्धि, प्रदेशको समृद्धि भन्दै उर्जालाई दोस्रो प्राथमिकतामा राखिएको छ ।

गण्डकीलाई उज्यालो प्रदेश बनाउने यसअघिको घोषणालाई अन्तिम रुप दिने, विद्युत खपत बृद्धि गरी पेट्रोलिय पदार्थको आयतलाई प्रतिस्थापन गर्ने, उक्तरगंगा, बुढीगण्डकी, कालीगण्डकी लगायत ठूला र जलाशययुत्त जलविद्युत आयोजना निर्माणमा जोड दिइएको छ । खाद्यवस्तुमा शुद्धता, प्रदेश सरकारको प्रतिवद्धता भन्दै तीन वर्षमा मुख्य उत्पादनमा आत्मनिर्भर हुने र ५ वर्षमा खाद्यान्न उत्पादन दोव्वर बनाउने लक्ष्य लिइएको छ । एक पालिका– एक शीत भण्डार, एक पालिका– एक कृषि बजार, एक वडा–एक कृषि उपज संकलन केन्द्र कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

खाद्यवस्तुमा शुद्धता– हामी सबैको प्रतिवद्धताको राष्ट्रिय संकल्प पुरा गर्न आलीदेखि थालीसम्म–शुद्ध र स्वस्थ खाना, बधशालादेखि भान्सासम्म–शुद्ध, स्वच्छ र स्वस्थ मासु तथा गोठदेखि ओठसम्मम शुद्ध र स्वस्थ दुध कार्यक्रमलाई अभियानका रुपमा लैजाने भनिएको छ । मनाङ, मुस्ताङ र उत्तरी गोरखालाई स्याउको सुपरजोन बनाउने नीति लिइएको छ । अवको अवस्था, व्यवस्थित बसोबास र भूमी व्यवस्था नारा दिदै कृषि, बसोबास, व्यवसायिक, औद्योगिक, वन र सार्वजनिक उपयोग क्षेत्रका जग्गाको नक्सांकन गरिने जनाइएको छ । जग्गाको चक्लाबन्दी र एकीकृत बस्तीमा जोड दिइएको छ । एक सहकारी एक उत्पादन पनि भनिएको छ । उत्पादन र उत्पादकत्व वृद्धि, प्रदेशको समृद्धि भन्दै प्रदेश सरकारले उपभोग्य बस्तु र निर्माण सामाग्रीको उत्पादन बढाउने र प्रदेशको समृद्धिमा योगदान अभियानलाई अघि बढाइने उल्लेख छ ।

एक स्थानीय तह, एक उद्योग ग्रामलाई निरन्तरता दिइएको छ । बृहत् पोखरा चक्रपथ र पोखरा–भीमाद–दुम्कीबास द्रुतमार्ग तथा शालिग्राम सांस्कृतिक कोरिडोरको डिपीआर र कार्यान्वयनमा लगिने जनाइएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । वैज्ञानिक व्यवस्थापनसहितको हरियो वन, स्वच्छ वातावरण स्वस्थ जीवन भन्दै वन क्षेत्रको व्यवस्थापन र समृद्धिका लागि वन कार्यक्रमलाई निरन्तरता दिइएको छ । एक गाउँ, एक पोखरी अभियान, जलवायु परिवर्तन अनुकुलित प्रदेश बनाउने नीति लिइएको छ । गुणस्तरीय भौतिक पूर्वाधार, प्रदेश समृद्धिको आधार भन्दै प्रदेश सरकारले ४ वर्षभित्र प्रदेश राजधानी पोखराबाट प्रदेशका सबै स्थानीय तहका केन्द्रलाई सडक संजालले जोड्ने भनिएको छ ।

एक निर्वाचन क्षेक्र एक सडक कार्यत्रमलाई निरन्तरता दिइएको छ । बृहत् पोखरा चक्रपथ र पोखरा–भीमाद–दुम्कीबास द्रुतमार्ग तथा शालिग्राम सांस्कृतिक कोरिडोरको डिपीआर र कार्यान्वयनमा लगिने जनाइएको छ । एक घर एकधारा– प्रदेश सरकारको अभिभारा भनिएको छ । आधुनिक प्रविधियुक्त फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्ने, समृद्धिको लहर– आधुनिक र व्यवस्थित शहर, प्रदेशको धन–दक्ष जनशक्ति उत्पादन, खेलकुदको सम्मान–प्रदेशको पहिचान, भाषा संस्कृतिको सम्मान– प्रदेशका सान, सामाजिक सुरक्षामा सरकारको ध्यान, फ्रदेशको शक्ति स्वस्थ जनशत्ति विद्युतीय सुशासनमा नीति तथा कार्यक्रमले जोड दिएको छ ।