जनता टाइम्स

१५ चैत्र २०७७, आईतवार १६:१७

आयोजकले नै पायो चुली कपको उपाधि


कर्णाली, चैत १५

वीरेन्द्रनगरमा सम्पन्न प्रथम चुलीकप भलिबल प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले नै हात पारेको छ । प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा रुकुम पश्चिमको टोलीलाई हराउँदै चुली युवा क्लबले उपाधि जितेको हो । फाइनल प्रतियोगितामा रुकुम पश्चिमलाई सोझो तीन सेटमा हराउँदै चुलीले उपाधि हात पार्यो ।

विजेता चुली युवा क्लबले रु दुई लाख र टर्फी पाएको छ । उपाधिको दाबेदार रुकुम पश्चिमले भने उप–विजेतामा चित्त बुझाउनुपर्यो । उसले नगद रु एक लाख ५० हजार र टर्फी पायो । भलिबल प्रतियोगितामा हाम्रो कम्प्युटर इन्स्टिच्युट सुर्खेतको टोली तेस्रो तथा सल्यानको बनगाड कुपिण्डे युवा क्लब चौथो भएको छन् ।

तेस्रोले नगद रु एक लाख र चौथोले रु ५० हजारसहित टर्फी पाएका छन् । आयोजकका अनुसार कर्णाली प्रदेशमा आयोजना भएका भलिबल प्रतियोगितामा यो हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । विजेता टोलीलाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पुरस्कार वितरण गर्नुभयो ।