जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १३:००

भारतमा एक नेपालीको हत्या, आरोपी पक्राउ


बैतडी ।

भारतमा मजदुरी गर्दै आएकाबैतडीका एक नेपालीको हत्या भएको छ। हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

जेठ ६ गते हत्या गरिएको चन्दलाई पिथौरागढ जिल्लाको बृहत ग्राम गैना गाउँ नजिकै रहेको उडीयारी जंगलमा लगेर गाडेको स्थानीयले फेला पारेका थिए । शुक्रबार स्थानीय महिलाले चन्दको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

चन्दको हत्या गरेको आरोपमा पिथौरागढका निरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ। हत्या आरोपमा पक्राउ परेका निरज कुमार जिपका खलासी रहेका बुझिएको छ। मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए।