काठमाडौं, चैत्र १६
थ्रिनेशन कप फुटबलको फाइनल खेलको पहिलो हाफमा नेपालले २ गोलको अग्रता बनाउन सफल भएको छ । दशरथ रंगशालामा जारी नेपाल र बंगलादेश बीचको फाइनल खेलमा नेपालले पहिलो हाफमै दुई गोल गरेको हो ।
खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले गोल गरेका थिए । यो गोल नेपालले आठौं खेलमा गरेको पहिलो गोल हो । यस्तै, खेलको ४१ औं मिनेटमा विशाल राईले सुन्दर गोल गरे ।
राईले डी एरियामा पाएको बललाई सशक्त प्रहार गर्दै गोलमा परिणत गरेका हुन् । खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि सवा पाँच बजे नै रंगशाला पुग्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्