जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १४:१३

लोपोन्मुख सालक भेटियो नुवाकोटको विदुरमा


विदुर, जेठ २५

नुवाकोटको विदुर–५ स्थित पिपलटारको ठूलोगाउँमा बिहानीपख जङ्गलबाट आइरहेको एक लोपोन्मुख सलाक भेटिएपछि स्थानीयवासीले प्रहरीमा बुझाएका छन् । गाउँ नजिकैको जङ्गलबाट बाहिर आएको सलाकलाई कुकुरले आक्रमण गरिरहेको अवस्थामा स्थानीयवासीले बचाएर ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फँुयालले बताउनुभयो ।

उहाँका अनुसार सलाक विहानीपख खेल्दै जङ्गलबाट बाहिर निस्केपछि कुकुरले हमाला गर्न थालेको थाहा पाएर स्थानीयवासी दीपेन्द्र पौडेललगायतको टोलीले बचाएर प्रहरीलाई बुझाएका थिए । प्रहरीले सलाकलाई जिल्ला वन कार्यालयमा बुझाएको छ । वन कार्यालयले सलाकलाई नजिकको वन, वनदेवीमा लगेर छाडिदिने जनाएको छ । लोपोन्मुख सलाक रेडपाण्डा जतिकै महत्वको रहेको उक्त कार्यालयले जनाएको छ ।