जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १७:२७

गुण्डा नाइके राधेको बचाउमा उत्रियो कांग्रेस, रिहा नगरे मुद्धा अन्तराष्ट्रियकरण गर्ने चेतवानी


काठमाडौं ।

प्रहरीले पक्राउ गरेको गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ लाई रिहा गर्न नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दल सक्रिय भएको छ । उसले पक्राउ परेका आफ्ना जिल्ला नेता ‘राधे’लाई रिहा नगरे सरकारविरुद्ध मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनीपनि दिएको छ।

झगडा छुट्याउन जाने क्रममा घाइते भएका जनक मगरले तरुण दलका धार्दिङ उपाध्यक्ष राधेलाई नदेखेको बताउँदा पनि प्रहरीले पक्रेको भन्दै तरुण दलले आपत्ति जनाएको छ । धादिङको रोराङ गाउँपालिका टुनेदोबानमा जेठ २२ गते भएको विवादमा संलग्न नै नभएका भण्डारीलाई स्थानीय जनक मगरले किटानी जाहेरी दिएको गलत कागज बनाई प्रहरीले नियन्त्रणमा लिएको तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले बताउनु भयो ।

केन्द्रीय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा सरकारले आफू इतरको विचार राख्नेलाई विभिन्न बहानामा फसाउन उद्धत रहेको भन्दै सरकारको आलोचना गरेको छ। भण्डारी समाजसेवामा क्रियाशील रहेको तरुण दलले दाबी गरेको छ। तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले भण्डारीको बिनासर्त रिहा नगरे सरकार विरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो । खोजी सूचीमा रहेका भण्डारीलाई प्रहरीले बुधबार गजुरी २ बाट पक्राउ गरेको थियो।