जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १०:१८

मन्त्रीहरु नै कुचो लिएर सडकमा निस्किएपछि…


ललितपुर ।

आइतवार विहानै ललितपुरको पुल्चोकमा एक दृश्य देखेर बाटो हिड्ने आम सर्वसाधारण तीन छक्क परे । पुल्चोकमा रहेको मन्त्रीक्वार्टरस्थित सडकमा सरकारका मन्त्रीहरु कुचो लिएर निस्किएको देखेपछि सर्वसाधारण छक्क परेका हुन् । यसरी कुचो लिएर बाटो सफा गर्दै गर्नेमा कार्यवहाक प्रधानमन्त्री इश्वर पोखरेलसहितका अधिकांश मन्त्रीहरु हुनुहुन्थ्यो ।

सरसफाई कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा.युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायत मन्त्रीहरु सहभागी हुनु भएको थियो । विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत मन्त्री निवासमा सरसफाई कार्यक्रम गरिएको हो। उहाहरुले आफुहरु बस्ने घर वरपर आफैले सफा गरेमात्र वातावरण सफा हुन्छ भन्ने सन्देश समेत प्रवाह गर्नुभएको छ ।

सबैमन्त्रीले सडक सफा गर्नुका साथै त्यहा रहेका फोहोरलाई उठाएर डस्विनमा फाल्नु भएको थियो । पछिल्लो समय काठमाडौं महानगरपालिकाले ब्रुमर लगाएपछि केही स्थानका सडक समेत सफा देखिन थालेका छन् । धुलोमा निक्कै कमि आएको पनि सर्वसाधारणले बताउदै आएका छन् ।