जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १४:५६

पृथ्वीराजमार्गमा ठोक्कियो बस र ट्याङ्कर, १८ घाइते, ४ को अवस्था जटिल


चितवन, जेठ २६

चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११ः३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।

घाइतेमध्ये ४ जनाको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये ६ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।