जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार ०७:१५

श्वासप्रश्वासमा सहजता ल्याउन र अक्शिजनको मात्र बढाउन अपनाउनोस प्रोन पोजिशन (बिधिसहित)


श्वासप्रश्वास रोगीहरुका लागि चिकित्सा शास्त्रबाट अपनाईएको फाईदाजनक सुत्ने वा आराम गर्ने आसनलाई प्रोन पोजिशन भनिन्छ । यो पोजिशनमा सुत्दा वा आराम गर्दा व्यक्तिको श्वासप्रश्वासमा सहजता ल्याई शरीरमा अक्सिजनको मात्रा बढाउँन सहयोग गर्छ ।

सुदुपश्चिम प्रदेशसामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवँरले कोरोना संक्रमितलाई यस्तो बिधि अपनाउन सुझाव दिनुभएको छ ।

सामान्य कोभिड–१९ को लक्षण भएका बिरामीहरुले प्रोन पोजिशनमा गर्दा अपनाउनु पर्ने उपायहरु :

१. पहिलो चित्र (सिरानी राख्ने तरिका) : यो पोजिशनमा सुत्न ४–५ वटा सिरानीको आवश्यकता हुन्छ (१–टाउको मुनी, १–२ वटा छातीदेखि माथिल्लो थाईसम्म, १ वटा खुट्टाको तल्लो भागसम्म, तल चित्रमा देखाईए जस्तै गर्नुहोला) ।

२. दोस्रो चित्र (होम आईसोलेशनमा रहेका कोभिड संक्रमितहरुका लागि प्रोन पोजिशन) : मुख्यगरी ४ वटा सुत्ने वा आराम गर्ने तरिकाहरुको बारेमा भनिएको छ । १,२,३ र ४ वटा आसन अपनाई सकेपछि पुनः १ नम्बरको आसनबाट शुरु गर्ने । प्रत्येक आसन आधा घण्टादेखि बढीमा २ घण्टासम्म अपनाउँन सकिनेछ ।

यी विधि अपनाउदा ध्यान दिनुपर्ने कुराहरु :

क. खाना खाएको १ घण्टासम्म यो विधि अपनाउँन हुँदैन ।

ख. गर्भवती, कडा मुटु रोगी, स्पाईनल इन्जुरी आदि भएकाको हकमा यो लागु हुँदैन ।

ग. आफूलाई सहज हुँदासम्म मात्रै यो विधि अपनाउने ।

घ. अधिकतम १६ घण्टासम्म यो विधिबाट आराम वा सुत्न सकिन्छ ।