जनता टाइम्स

२३ बैशाख २०७८, बिहीबार १५:४०

गायक प्रेमध्वज प्रधानको निधन


काठमाडौं, बैशाख २३ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि प्रधानलाई आज विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

उहाँको आज दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिनुभएको छ । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । ८२ वर्षीय प्रधानका दुई छोराहरु अमेरिकामा छन् । प्रधानका चर्चित गीतहरुमा ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत छन् ।

सात सयभन्दा बढी गीत रेकर्ड गराउनु भएका प्रधान सानैबाट संगीतमा लाग्नुभएको थियो । उहाँको रेडियो नेपालमा पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो ।