जनता टाइम्स

२४ बैशाख २०७८, शुक्रबार १९:१२

२४ घण्टामा २९ सय २३ जनाले जिते कोरोना


काठमाडौं, बैशाख २४ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनाले कोरोनासँगको लडाईं जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २९ सय ५ जना कोरोना संक्रमित निको भइ डिष्चार्ज भएका हुन ।

आज निको हुनेहरुसँगै नेपालमा कोरोनासँगको लडाई जित्नेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा ९ हजार २३ जना संक्रमित फेला परेका हुन ।

आजको तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित ७८ हजार ६२९ छन् भने क्वारेन्टाइनमा ३८० जना रहेका छन् । पछिल्लो २४ कोरोनाबाट ५० जनाको मृत्यु भएको मन्त्रालयले जजनाएको छ ।