जनता टाइम्स

२५ बैशाख २०७८, शनिबार १९:४७

२६ सांसदसहित संघीय संसदका १६० जनामा कोरोना संक्रमण (सूचीसहित)


काठमाडौं, बैशाख २५ । संघीय संसदका २६ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संसद्‍को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये २६ सांसदसहित १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यो संख्या स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशत हो । वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र एक हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको हो। संक्रमितमध्ये १९ जना सांसद छन्। जसमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन्। राष्ट्रिय सभाका एक सांसदमा संक्रमण देखिएको छ।

संसद्‍ सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ सांसद आइसोलेसनमा रहेकाले संक्रमित सांसदको कुल संख्या २६ पुगेको हो। संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन्। प्रतिनिधिसभाका ५४ सांसदको परीक्षण अझै बाँकी नै छ। प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको संसद् बैठकमा संक्रमित सांदलाईसमेत उपस्थित गराउने तयारी सचिवालयले गरेको छ। अधिवेशन अगाडि कार्यव्यवस्था परामर्श समितिको छलफलले संक्रमित सांसदको सहभागिताको विषय टुंगो लगाउने छ । संक्रमित सांसदर्ला छुट्टै कक्षमा राखेर मतदानमा सहभागी गराउने तयारी भए पनि यो निर्णय भइसकेको छैन ।

यी हुन कोरोना संक्रमित २६ सांसद

१. झलनाथ खनाल
२. मुकुन्द न्यौपाने
३. मायादेवी न्यौपाने
४. पार्वती डिसी चौधरी
५. राजेन्द्रप्रसाद गौतम
६. नन्दलाल रोका क्षेत्री
७. लालबाबु पण्डित
८. लक्ष्मणलाल कर्ण
९. नरमाया ढकाल
१०. महेश बस्नेत
११. रामबाबु यादव
१२. गोपालबहादुर बम
१३. नमीता कुमारी चौधरी
१४. शान्तिमाया तामाङ
१५. विना कुमारी श्रेष्ठ
१६. रेनुका गुरुङ
१७. जुलीकुमारी महतो
१८. रघुवीर महासेठ
१९. किसान श्रेष्ठ
२० सुरेश कुमार राई
२१. पुष्पा कुमारी कर्ण कायस्थ
२२ं भानुभक्त ढकाल
२३. बीना मगर
२४. भरतकुमार शाह
२५. प्रमोद शाह
२६. दिपकप्रकाश भट्ट