जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार ०९:१९

ललितपुरमा हिड्दै गरेका नकर्मीको मोटरसाइकल ठक्करबाट मृत्यु


ललितपुर ।

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका कृष्णवीर नकर्मीको ज्यान गएको छ । बा ८८ प ९७५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका स्वयम्भु घर भई ललितपुरको ग्वार्को बस्ने ४५ बर्षका नकर्मीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

नकर्मीलाई ठक्कर दिएर मोटरसाइकल पल्टदा घाइते भएका मोटरसाइकल चालक कीर्तिपुरका विराज श्रेष्ठको बिएण्डबी अस्पतालमा उपचार भैरहेको छ । नकर्मीको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।