काठमाडौं, बैशाख ३१
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५२० जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर विधि र ५३० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ५२९ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआर विधिबाट ८ हजार ४६७ र एन्टीजेन विधिबाट ५३ संक्रमित पुष्टि भएका छन्।
आज २०३ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ। हिजो देशभर २१४ जनाको मृत्यु भएको थियो। यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७३३६ हजार पुगेको छ। ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६ हजार १३५ जना व्यक्ति निको भएका छन्।













प्रतिक्रिया दिनुहोस्