जनता टाइम्स

३ जेष्ठ २०७८, सोमबार २०:०२

३० देखि ३९ बर्ष उमेर समुह सवैभन्दा बढी कोरोना संक्रमित, कुन उमेर समुहको कति ? (सूचीसहित)


काठमाडौं, जेठ ३ । कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमणमा ३० देखि ३९ बर्ष उमेर समुह पर्ने गरेको तथ्य बाहिर आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको गत २४ घण्टाको बिवरणले ३० देखि ३९ बर्ष उमेर समुहका ब्यक्ति कोरोना संक्रमणको शिकार बनेको देखाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो उमेर समुहका २२ सय २० जनामा संक्रमण देखिएको छ । यसपछि २० देखि २९ बर्ष उमेर समुहका परेका छन । मन्त्रालयका अनुसार २४ घण्टामा सो उमेर समुहका २ हजार १४ जनामा संक्रमण देखिएको छ । यसपछि ४० देखि ४९ बर्ष उमेर समुह संक्रमणको शिकार हुने गरेको मन्त्रालयको तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चौथोमा ५० देखि ५९ बर्ष उमेर समुहका परेका छन ।

यस अवधीमा सो उमेर समुहका १२ सय १८ जना संक्रमित बनेका छन । यसपछि १० देखि १९ बर्ष उमेर समुहका परेका छन । यस अवधीमा सो उमेर समुहका ६ सय ४६ जना संक्रमित बनेका छन । यस्तै ७० देखि ७९ बर्ष उमेर समुहका ३ सय ७ जना, एकदेखि ९ बर्ष उमेर समुहका २ सय १९, ८० देखि ८९ बर्ष उमेर समुहका १ सय १८ र ९० देखि सय बर्ष उमेर समुहका १३ जना संक्रमित बनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।