जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १४:३६

पेस्तोलसहित राजधानीबाट समातीय एक युवा


काठमाडौं, जेठ २७

राजधानी काठमाडौंबाट पेस्तोलसहित एक युवा पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित तिनकुनेबाट सञ्जय शेर्पा पक्राउ परेकाएक जनालाई पक्राउ गरेको छ।

प्रहरीले शेर्पाको साथबाट मेड इन जापान लेखेको एक थान पेस्तोल बरामद भएको बताएको छ । परिसरको विशेष टोलीले पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिद्र बोगटीले जानकारी दिनुभयो । बोगटीका अनुसार पक्राउ परेका शेर्पामाथि अनुसन्धान भइरहेको छ।