जनता टाइम्स

५ जेष्ठ २०७८, बुधबार १८:०८

देशभर आज ७९८९ कोरोना मुक्त, २४६ को मृत्यु


काठमाडौं, जेठ ५

आज ७ हजार ९८९ जना कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज मात्रै ७९८९ जना संक्रमित कोरोना मुक्त भएका हुन् । त्यस्तै आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको छ ।

पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ। देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।