जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १६:२३

पूर्वी नाकामा गौतमबुद्धको मूर्ति बन्ने


भद्रपुर, जेठ २७

नेपालको पूर्वी सिमाना काँकडभिट्टाको प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति स्थापना गरिने भएको छ । मितेरी पुल निर्माणसँगै पुलकै छेउमा झर्नासहित नमस्ते मुद्रामा गौतमबुद्धको मूर्ति निर्माण गरिने भएको हो ।

मेचीनगर नगरपालिका र प्रदेश नं– १ को सरकारको संयुक्त लगानीमा पूर्वी प्रवेशद्वारमा उक्त मूर्ति स्थापनाका लागि तयारी गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । पूर्वी नाकाबाट दैनिक सयौं पर्यटक नेपाल भित्रिने भएकाले भगवान् बुद्वको मूर्ति स्थापना गर्न लागिएको उहाँको भनाइ थियो ।