जनता टाइम्स

१२ जेष्ठ २०७८, बुधबार १८:४४

पाटनका युवाद्धारा कोभिडबाट प्रभावित २५० परिवारलाई राहत


काठमाडौं, जेठ १२

कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट तिव्ररुपमा नेपालमा फैलिएसँगै आएको विभिन्न समस्यालाई लिएर ललितपुर पाटनका युवाहरुले प्रत्यक्ष समस्यामा परेका अति बिपन्न समुदायका २५० परिवारलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका छन् । सोमबार पाटनमा आयोजित एक कार्यक्रममा उक्त राहत वितरण गरिएको हो ।

युवाहरूको समूहले एकआपसमा रकम संकलन गरेर प्रतिपरिवार १० किलो चामल, १ लिटर खाने तेल, १ किलो दाल, नुन १ प्याकेट र मस्यौरा १ प्याकेट सामग्री विभिन्न ठाँउमा पुगेर पाटन, न्यूरोड, नयाँबजार, डल्लु, रातोपुल, गोकर्ण क्षेत्रमा बसोबास गर्ने ज्याला, मजदुरी गरेर आफ्नो जीवन निर्वाह गर्दै आएकाहरुलाई राहत उपलब्ध गराइएको टोलीका एक सदस्य दीपक घिमिरेले बताउनुभयो ।

कोरोनाको कहरबाट समस्यामा परेका नागरिकलाई आफूहरुको पहलमा व्यक्तिगत रूपमा केही मात्रामा भएपनि सहयोग भए पनि गर्ने उद्देश्यले आफूहरुले सेवा गरेको युवा व्यवसायी मनिषबहादुर शाहीले जानकारी दिनुभयो ।