जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार ०८:५९

बनलसुन खोज्न जंगल गएका तीन युवाको भीरबाट लडेर मृत्यु


जाजरकोट, जेठ २८

बारेकोट गाउँपालिकामा भिरबाट लडेर सोमबार तीन युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ का १७ वर्षीय नवराज सिंह, १६ वर्षीय भीमराज शाही र ४० वर्षीय पृथीबहादुर बस्नेत रहेका छन् ।

शाही र सिंह वनलसुन खोज्न तथा बस्नेत घर बनाउने काठ काट्न जंगल गएका थिए । बारेकोट–४ स्थित कराइचुला लेक पुगेका सिंह र शाही चिप्लिएर भिरबाट खसेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिनुभयो ।

वनलसुन एक प्रकारको जडीबुटी हो । यसको बिक्रीबाट मनग्ये आम्दानी हुने भएपछि स्थानीयवासी जोखिम मोलेर लेकतिर जाने गरेका छन ।वनलसुन प्रतिकिलो ३२ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । अध्यक्ष शाहीका अनुसार महँगोमा बिक्री हुने भएकाले वनलसुन संकलनमा स्थानीयको आकर्षण बढेको छ ।