जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार ०९:५७

ट्रकले तीर्थयात्री बोकेको बसलाई ठक्कर दिंदा २ जनाको मृत्यु


रौतहट ।

रौतहटको चन्द्रपुर नगरपालिकामा मालबाहक ट्रकले तीर्थयात्री बोकेको बसलाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ । २१ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्र्तगत चन्द्रपुरको मंगलपुरमा को १ ख २६२५ नम्बरको ट्रकले रोकी राखेको ना ६ ख ९०३० नम्बरको बसलाई राती एक बजेतिर ठक्कर दिएको थियो ।

तीर्थ यात्री बोकेको सो बस काठमाडौंबाट जनकपुर जांदै थियो । दुर्घटनामा भारत उडिसाका ५४ वर्षिय चरण बिश्वाल र ५३ वर्षिय बिजयकुमार जेनाको मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ । घाईते २१ मध्ये २ जनाको वीरगञ्जमा र अन्यको चन्द्रपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा बस चालक झापाका दुर्गाप्रसाद पौडेल घाइते छन् भने घटना लगत्तै फरार ट्रक चालक सुनसरीका रमेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।