काठमाडौं, १३ जेठ
उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्यअवस्था बारेमा जानकारी लिनुभएको छ । उहाँले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्थाबारे जानकारी लिनुभएको हो ।
यसका साथै, उहाँले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन पनि आग्रह गर्नुभयो । ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्