जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १६:१८

यस बर्ष पनि एसइइ परीक्षा नहुने, विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल



काठमाडौं, जेठ १७ । यस बर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नहुने भएको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको जोखिमका कारण गत बर्ष जसरी नै परीक्षाफल प्रकाशित गर्ने निर्णयसहित एसइइ परीक्षा सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमण जोखिमलाइृ मध्यनजर गरी बिद्यालयको आन्तरिक मुल्यांकणका आधारमा परीक्षाफल प्रकाशित गर्ने बिकल्पमा गई एसइइ परीक्षा सञ्चालन नगर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको जानकारी दिनुभयो । ‘सिफारिश समितिको सुझावको अध्ययन गरी एसइइ परीक्षा सञ्चालन नगर्ने र गत बर्षकै जसरी बिद्यालयको आन्तरिक मुल्यांकणका आधारमा परीक्षाफल प्रकाशित गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ,’ मन्त्री श्रेष्ठले जनताटाइम्ससँग भन्नुभयो ।

शिक्षा मन्त्रालयले केही समयअघि गठन गरेको समितिले कक्षा १२ र एसइइको बिषयमा बिभिन्न सुझाव दिएको थियो । शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षाको बिषयमा भने कुनै निर्णय गरिसकेको छैन । माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले आफ्नो जेठ १४ गते प्रतिवेदन बुझाएको थियो । सो कार्यदलले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सुझाव दिएको छ ।

गत वर्ष पनि एसईईका विद्यार्थीको विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको थियो भने कक्षा १२ का विद्यार्थीलाई ४० अङ्कको लिखित परीक्षा लिइएको थियो । यस पटक बोर्डले नेपालमा कोरोना भाइरस बढेर एसईई तथा कक्षा १२ को परीक्षाको कार्यतालिका स्थगित गरेपछि कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक