जनता टाइम्स

२४ जेष्ठ २०७८, सोमबार १२:२६

कोरोनाबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन


काठमाडौं, जेठ २४

कोरोना संक्रमणबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ । २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको ४२ वर्षका डा. सुवेदीलाई ह्याम्स अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा गए राती निधन भएको भएको अस्पतालका मिडिया पर्सन रोशन अधिकारीले जानकारी दिनुभयो । सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालनसमेत हुनुन्थ्यो ।

संक्रमणपुष्टि भएपछि उहाँले सोही अस्पतालमै उपचार गराइरहनुभएको थियो तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई १४ दिनअघि ह्याम्स अस्पताल ल्याइएको थियो । ह्याम्समा पुग्दा उहाँ गम्भिर अवस्थामा रहेको र अक्सिजन लेभल पनि घटिसकेको चिकित्सकले बताए । कडा निमोनिया भइसकेको अवस्थामा ह्याम्समा उहाँको ४ दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।