जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १६:४८

दुर्घटनामा स्कुटर चालकको मृत्यु


पोखरा, जेठ २८

गाडीको ठक्करबाट पोखरामा आज बिहान ११ः२५ बजे एक स्कुटरचालकको मृत्यु भएको छ । काभ्रे जिल्ला घर भएका ग८प १९१४ नम्बरका स्कुटरचालक २० वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई पोखराको इन्द्रचोक नजिक बा १४च ५८१२ नम्बरको भ्यानले ठक्कर दिएपछि जिल्ला अस्पतालमा पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।