जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १८:०४

छोराले चलाइरहेको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु


अखिलेश कुमार यादव/रौतहट

रौतहट जिल्लाको गरुडा नगरपालिकाको जिंगडियामा छोराले चलाइरहेको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । चपुर गौर सडकखण्डको बिर्ता प्रहरी स्कुल अगाडि मोटरसाइकल दुर्घटना भएको हो ।

बिर्ताबाट गरुडा जाँदै गरेको बिआर २२ एन ३२९८ नम्बरको भारतीय मोटरसाईकलको पछाडी बसेकी राजपुर नगरपालिका वडा नम्बर ९ की ७० वर्षीया शेख भुउली साहको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरले जनाएको छ ।पैदल यात्रुलाई बचाउदा उक्त दुर्घटना भएको प्रत्यक्ष दर्शीहरुको भनाइ छ l

गम्भीर घाइते भएकी महिला उपचारका क्रममा चन्द्रनिगाहपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख, प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक २४ बर्षिय शेख मुसरफलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।