कैलाली, २५ जेठ
नेपाल पत्रकार महासंघका क्रियाकलापमा माओवादी पक्षधर हावी हुँदै गएको छ ।नेपाल प्रेस यूनियनका तर्फबाट विजयी अध्यक्ष विपुल पोखरेलले चासो नराख्दा हार्डकोर माओवादी भनेर चिनिने रोशन पुरीले महासंघमा मनलाग्दी काम गर्दै आउनुभएको छ । महासंघले गर्ने सिफारिस, सुविधाका विषय र चाल्ने कदममा समेत प्रचण्डको निर्देशनमा पुरी सक्रिय भएको गुनासो यूनियनका नेताहरुले गर्न थालेका छन् ।
पछिल्लो समय प्रेस काउन्सिल, नेपालमा भएका नियुक्तिका विरोधमा समेत पुरीले अध्यक्ष विपुललाई वास्ता नै नगरि अन्य संगठनका नेताहरुलाई धम्क्याएर विज्ञप्ति निकाल्न लगाएको विषय अहिले चर्चामा छ । सरकारले काउन्सिल अध्यक्षमा पत्रकार एवं अधिवक्ता बालकृष्ण बस्नेतलाई नियुक्त गरेको थियो । आफूसँग पराजित भएका उम्मेदवारलाई काउन्सिलको उच्च पदमा पुर्याएको भन्दै माओवादीका पुरीले अन्य संगठनका नेताहरुलाई गुमराहमा राखेर विरोध जनाउन लागेको युनियनका एक नेताले बताउनुभयो ।
बस्नेतको नियुक्तिको विरोध गर्न पुरीले नै नक्सालस्थित एक रेष्टुरेण्टमा विपक्षी ५ गठबन्धन आवद्ध पत्रकार नेताहरु बोलाउनुभएको थियो। त्यहाँ उहाँले आफूले मस्यौदा गरेर ल्याएको विरोधपत्र प्रस्तुत गर्नुभयो तर यूनियनका अध्यक्ष बदी सिग्देल, प्रेस मञ्चका अध्यक्ष केशव अर्यालले सरकारले योग्यता पुगेको, सक्रिय पत्रकारलाई नियुक्ति गरेकाले व्यक्तिगत विरोधमा नउत्रने सुझाव ब्यक्त गर्नुभएको थियो । पुरीले ल्याएका विरोधपत्रमा राखिएका भाषा सिग्देलसहितले काटेपछि भने राजनीतिक तवरमा विरोध मात्र भएको सहभागी एक नेताले जानकारी दिनुभयो ।
व्यक्तिगत स्वार्थ, लाञ्छनासहित पुरीले बनाएको मस्यौदालाई अरु त अरु उनकै संगठन प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले असहमति जनाएपछि नयाँ विज्ञप्ति तयार भएको ती नेताले बताउनुभयो । दाहालको उक्त असहमतिपछि पुरी अन्य तवरले झमेला गर्न सकिन्छ कि भन्दै आफ्नो समूहमा छलफल चलाइरहेको बुझिएको छ ।
यसै सन्दर्भमा केही समय अघि ५ वटा संगठनका प्रतिनिधिले हस्ताक्षर गरेको भनिएको प्रेस विज्ञप्तिमाथी प्रेस मञ्च नेपालको ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्तिमा प्रेस मञ्च नेपाल संगठनका अध्यक्ष केशब अर्यालको हस्ताक्षर समेत कृते गरिएको थियो । प्रेस मञ्च नेपालको आधिकारिक नभएको स्पष्ट पार्न विज्ञप्ती नै निकाल्नुपरेको थियो ।
यसरी पत्रकारहरुको छाता संगठनबाट खुलेआम रुपमा राजनीतिकरुपमा एकपक्षिय बनेर विज्ञप्ती जारी गर्ने पत्रकारको आचारसहिता भित्र नपर्ने कामहरु गरिदा समेत सम्वन्धीत निकाय मानौ बस्नुले पनि छाता संगठन प्रति आस्था राख्नेहरुले समेत पत्रकार महासंघ राजनीति गर्ने थालोको रुपमा विकास भएको अनुभुति गरेका छन् । एक पक्षिय बन्दै आफु अनकुलका विज्ञप्ती जारी गर्ने आफ्नो क्षेत्र अधिकार सम्म के हो भन्ने जानकारी पदाअधिकारीको आगमनले पत्रकार महासंघ माथि औला ठड्याउने दिन आउन सक्ने एक पत्रकार महासंघका सदस्यले भन्न्ुयभो ।
प्रतिक्रिया दिनुहोस्