जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार ०९:५५

कुलोको विषयलाई लिएर ६५ वर्षिय वृद्धलाई वडाध्यक्षले कुटे !


सिरहा ।

सिरहाको कल्याणपुर नगरपालिकामा नालाको सामान्य विवादमा वडाध्यक्ष र उनका समर्थकको कुटपिटबाट स्थानिय दुई जना घाईते भएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–१० सडकको नालाको विषय लिएर भईरहेको छलफलमा कल्याणपुर नगरपालिका–११ का वडाध्यक्षसहितको कुटपिटबाट वडा नं. १० बस्ने ६५ वर्षीय किसुनदेब यादब र उनका २१ वर्षीय छोरा संजय कुमार यादब घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।

नालाको विषय लिएर कल्याणपुर नगरपालिका–१० मा छलफलको लागी बसेको वेला ११ नं. वडाका वडाध्यक्ष राजेश्वर यादब र उनका समर्थकले कुटपिट गरेको पिडितहरुको भनाई रहेको छ । नाला विषयमा भइरहेको छलफलमा सामान्य विवाद भएको तर त्यो विवाद आफूसित नभएको र आफूलाई विपक्षीहरुले बदनाम गराउन हल्ला फैलाएको वडाध्यक्ष यादवले बताउनु भयो । उहाले घटनाबारे विस्तृत बुझ्नु छ भने वडामा आएर बुझ्न सकिने बताउनु भयो ।

यता १० नं. का वडा अध्यक्ष धनविर मंडल धानुकसंग यो विषयमा बुझदा आफुले विवाद भएको सुनेको तर विवादको विषयमा विस्तृत आफुलाई कुनै किसिमको जानकारी नभएको जानकारी दिनुभयो । घाईते ६५ वर्षीय किसुनदेब यादबलाई नाकमा चोट लागेको छ भने उनका छोरा २१ वर्षीय छोरा संजय यादबको हातमा काटिएको छ । उनीहरुको उपचार मिर्चैया अस्पतामा भईरहेको साथै घटनाबारे बिस्तृत जानकारी अनुसन्धान पछि मात्र थाहा हुने ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताउनु भयो ।