जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार ११:२५

सफाइमा कहिले नथाक्ने सांसद बस्नेतको साथमा कलाकार संघ (तस्विरसहित)


भक्तपुर ।

भक्तपुर जिल्ला अहिले सफाई अभियानमा जुटिरहेको छ । हनुमन्ते खोला, जडिबुटी–सुर्यविनायक सडकखण्ड लगायत अन्य थुप्रै सम्पदाको सफाई विगत केही महिनादेखी निरन्तर चलिरहेको छ । सांसदका रुपमा निर्वाचित भएपछि महेश बस्नेतले यी सफाई अभियानको शुरुवात गर्नुभएको हो । सो अभियानलाई अहिले विभिन्न व्यक्तिहरुले समेत सहयोग गरिरहनु भएको छ ।

यसैक्रममा हनुमन्ते नदि सफाई अभियानको ६७औ हप्तामा सांसद बस्नेतसहित सुर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाको अगुवाईमा सरसफाई गरिएको छ । कलाकार संघका अध्यक्ष तथा नायक रबिन्द्र खड्का र उपाध्यक्ष नायिका रेजिना उप्रेतीको उपस्थितिमा पाण्डु बजार चोक देखि सुर्यविनायक चोक सम्म राजमार्ग सरसफाई गरि सम्पन्न गरिएको छ ।