जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार १९:०६

राखीले रामदेवलाई कोरोनासँग तुलना गरेपछि..


मुम्बई, जेठ २९

भारतीय चलचित्र उद्योगमा ‘कन्ट्रोभर्सी क्विन’का नामले चर्चित राखी सावन्त फेरि विवादित बन्नुभएको छ । विभिन्न क्रियाकलाप र बोलीका कारण सधैं चर्चामा रहँदै आउने राखी पुनः विवादास्पद बन्नुभएको हो । हरेक विषयमा विवादित बयान दिँदै चर्चा कमाउँने उहाँले बलिउडका विभिन्न कलाकारदेखि भारतीय राजनीतिका विभिन्न व्यक्तिहरूका बारेमा समेत समय–समयमा विवादास्पद टिप्पणी गर्दै आउनुभएको छ ।

राखीले कोरोना भाइरस संक्रमणको महामारी चपेटामा परेको भारतलाई आफ्नो प्रचारको साधन बनाउनुभएको हो । रामदेव बाबाका विषयमा दिएको बयानका कारण विवादमा तानिनुभएको हो । राखीले रामदेवलाई कोरोनासँग तुलना गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘कोरोना भाइरस पनि रामदेव बाबाजस्तै छ । कहिले आउँछ, कहिले हराउँछ र कहिले बाहिर निस्किन्छ।’