काठमाडौं, जेठ ३१ । एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको भण्डाफोर गरिदिनु भएको छ । माओवादी नेताको फेरो समाएर गिरीले बिदेसीएजेण्ट खुसी पार्न प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अफवाह फैलाएको भन्दै गिरीको भण्डाफोर गर्नुभएको हो । बस्नेतले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष गिरी माओबादी केन्द्रका उग्र कार्यकर्ता रहेको पनि बताउनु भएको छ ।
यस्तो छ बस्नेतले खोलेको तथ्य
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओबादी केन्द्रका उग्र कार्यकर्ता हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ। शिक्षामन्त्री गिरीराजमणि पोखरेल छदाँ नियुक्ति लिएका यीनका बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्वमन्त्री र माओबादीका ठुला नेताहरुको संलगनता खुल्लम खुल्ला देखिएकै छ ।
नेपालको चिकित्सा क्षेत्रमा ठुलो राजनीति घुसेको छ। नेपालका डक्टरहरु र मेडिकल ब्यवसायीहरुलाई बस्न टिक्न नदिने, ब्यबसाय गर्न नदिने । एमबीबीएस पढन चाहने बिध्यार्थीहरुलाई अफ्नै देशमा पढने वाताबरण बन्न नदिने। बार्षिक १५ अर्ब भन्दा बढी रकम बिदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली ब्यबसायीले संचालन गरेको मेडिकल कलेजहरुलाइ संबन्धन दिनुहुदैन भनेर स्याल हुइयाँ गर्दैछ्न् ।
आज एकाएक कथित गिरीलाई प्रधानमन्त्री ज्युले धम्काउनु भयो भनेर केही डलरे नागरिक समाज जो पाएसम्म प्रधानमन्त्रीको आचीसम्म बाँकि राख्दैनन, उनीहरुलेनै खोक्न थालेछन र रोइलो गर्दैछन । कृपया याद रहोस, त्यो भ्रष्टलाई सम्झाउन बिधि र कानून प्रयाप्त छ । फेरि पनि सम्झाउन परे पनि तीनले दूःख दिएका पूर्व वाइसिएलको एउटा सामान्य कार्यकर्ता नै काफी छ।













प्रतिक्रिया दिनुहोस्