जनता टाइम्स

१ असार २०७८, मंगलवार १४:१६

सिभियर कोभिड निमोनियाका कारण डा.कनक रावतको मृत्यु


काठमाडौं, असार १

कोभिड संक्रमणका कारण वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कनकबहादुर रावतको मृत्यु भएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले आज बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँको सिभियर कोभिड निमोनियाका कारण मृत्यु भएको हो । यसअघि डा.रावतलाई जेठ दोस्रो साता अस्पतालमा भर्ना गरिएको थियो। उहाँ शिक्षण अस्पतालका अब्बल सिनियर फिजिसियन हुनुहुन्थ्यो ।