काठमाडौं, असार ५
डेनमार्कका मीडफिल्डर क्रिश्चियन एरिकसन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको मुटुको शल्यक्रिया गरिएको छ । युरो कप फुटबल २०२० अन्तगर्त गत शनिबार कोपनहेगनमा भएको फिनल्याण्डबिरुद्धको खेलमा २९ वर्षीय डेनमार्कका मीडफिल्डर एरिकसन मैदानमै ढल्नुभएको थियो ।
उहाँलाई मैदानमै हृदयघात भएको थियो । तत्कालै मैदानमा ढल्न पुग्नुभएको एरिकसनको आपत्कालीन उपचार गरिए पनि होस नआएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उहाँको उपचार भइरहेको अस्पतालमा फुटवल टोलीका सदस्यले भ्रमण गर्नुभएको थियो ।
लगत्तै उहाँ आफ्नो परिवारजनसँग घर फर्किनुभएको हो । एरिकसनले एक वक्तब्य जारी गरी प्रशंसकलाई स्वास्थ्यलाभको कामना गरेकोमा आभार प्रकट गर्नुभएको छ । उहाँले शल्यक्रिया सफल भएको र आफू राम्रो अवस्थामा रहेको बताउनुभएको छ । एजेन्सी













प्रतिक्रिया दिनुहोस्