जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार १५:२५

प्रधानमन्त्री ओली गोरखा ब्रिगेडको मुख्यालय पुगेपछि छायो खुसियाली, फ्यान बने गोर्खा सैनिक र परिवार


लन्डन, जेठ २९

बेलायत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुग्नुभएको छ । गोर्खा सैनिकको समस्याबारे जानकार प्रधानमन्त्री ओलीले हिजो बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भएको बार्तामा समस्या समाधानको प्रस्ताव गरेलगत्तै आज गोरखा ब्रिगेट मुख्यालय पुग्नुभएको हो ।

बेलायतको काम्बलीस्थि गोरखा सैनिकहरुको मुख्यालय पुगेर प्रधानमन्त्री ओलीले त्यहा कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेट गर्नुभयो । प्रधानमन्त्री ओलीलाई काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा गोरखा सैनिकहरुले गार्ड अफ अनर प्रदान गरेका छन ।

प्रधानमन्त्री ओलीले गोरखा सैनिक र तिनका परिवारसँग चासोका साथ कुराकानीसमेत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले गोर्खा सैनिक र परिवारका सदस्यसँग कुरा गरेपछि त्यहा उपस्थित गोर्खा परिवारले प्रधानमन्त्री ओलीप्रति आभार प्रकट गरेका थिए । प्रधानमन्त्री आफ्नै बिग्रडमा आएर कुराकानी गरेपछि उनीहरु प्रधानमन्त्री ओलीका फ्यान बनेका हुन ।

तस्बिर सौजन्य : गोरखा ब्रिगेड एशोसियसन