जनता टाइम्स

९ असार २०७८, बुधबार ०८:२८

ललितपुरका ७७ वर्षमाथिका नागरिकले आज दोस्रो खोप पाउने, यी हुन खोप लगाउने स्थान


काठमाडौँ, असार ९ । ललितपुर महानगरपालिकाका ७७ वर्षमाथिका नागरिकले आज कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा पाउने भएका छन् । महानगरपालिकाले सूचना निकालेर ७७ वर्ष माथिका २ हजार २ सय नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट कोभिशिल्डको दोस्रो मात्राको लागि २५ सय खोप मात्रै उपलब्ध भएकाले वडाको सिफारिसमा ७७ वर्ष माथिका २ हजार २ सय जनालाई र बाँकी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, कर्मचारी र जनप्रतिनिधिलाई लगाइने महानगरपालिकाले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने खोपको लागि आठ वटा केन्द्र तोकिएका छन् ।