जनता टाइम्स

१० असार २०७८, बिहीबार १८:३९

एनआरएनए जापानको कार्यसमिति भ‌ङ्ग, अधिवेशन जुलाई २५ मा, अझै भएन कारवाहीको निर्णय


काठमाडौं, असार १०

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान आर्थिक अनियमितताको विवादमा फसेपछि हालको कमिटिलाई निष्क्रिय गर्दै जुलाई २५ भित्र अधिवेशन गराउन एनसीसीले अनुगमन समितिलाई अधिकार दिएको छ । एनआरएन जापानका कुनै पनि पदाधिकारीलाई आईसिसिले कारबाहिको निर्णय भने गरेको छैन ।

आज आईसिसिका अध्यक्ष कुमार पन्तले जारी गर्नुभएको ७ बुँदाको पत्रमा एनआरएन जापानको अधिवेशन संचालन गर्न एक अध्यक्षा मण्डल गठन गर्ने र पूर्व घोषित निर्वाचन समित र अनुगमन समितिले आवश्क निर्णय लिन सक्ने बताइएको छ ।

पत्रमा निर्वाचन समितिलाई यथावत राख्दै वर्तमान कार्यसमितिले यथास्थितीमा महासचिव र कोषध्यक्षको वार्षिक प्रतिवेदन मात्र प्रस्तुत गर्ने उल्लेख गरिएको छ । आईसिसिले गठन गरेको अनुगमन समितिक संयोजकमा भवन भट्ट, सदस्यहरुमा क्षेत्रिय र सहसंयोजक आईसिसि सदस्यलाई समावेसगरी १२ सदस्यिय बनाइएको छ ।