जनता टाइम्स

११ असार २०७८, शुक्रबार १६:३०

मनकामना क्लबको खेल मैदानको मर्मत सुरु


काठमाडौं, असार ११

कैलालीको मनकामना युवा क्लब धनगढीले आफ्नो खेल मैदानको मर्मत सुरु गरेको छ । कोभिड–१९ को कारण सरकारले लगाएको लकडाउनपछि मैदान खाली हुँदा क्लबले मैदानको स्तरोन्नतिको काम सुरु गरेको हो ।

क्लबले मैदानको घाँस मिलाउनेसहितको अन्य मर्मत कार्य भईरहेको जनाएको छ । क्लबले लकडाउन खुलेपछि दैनिक प्रशिक्षणका लागि मैदान खुला गरिने समेत जनाएको छ । मनकामना क्लब धनगढीमा स्थापित फुटबल क्लब हो ।