जनता टाइम्स

१४ असार २०७८, सोमबार २०:२४

विदेशमा खोप लगाएर आउनेहरू सिधै घर जान पाउने, अन्यका लागि यस्ता शर्त


काठमाडौं, असार १४

सरकारले कोभिडको खोप पूरा डोज लगाएर आएका नागरिकलाई सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान दिने भएको छ । कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट नेपाल आउने पनि सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान पाउने गरि संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने व्यवस्था सम्बन्धी आदेश २०७८ जारी गरेको छ।