काठमाडौं, असार १७
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा सुरु भएको छ । अस्पतलका निर्देशक डा. अनुप बास्तोलाका अनुसार सो अस्पतालमा नियमित एआरटी औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको बिहीबारदेखि निःशुल्क स्वास्थ्य बिमा सुरु भएको हो ।
अस्पतालबाट २ हजार ११ जनाले नियमित एआरटी औषधि लिइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य बिमामा आवद्ध भएका एचआइसी संक्रमितहरुले वार्षिक एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने उहाँले बताउनुभयो ।
यसअघि स्वास्थ्य बीमा बोर्डले एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको थियो । एचआइभी संक्रमितहरुले रगत परीक्षण, एचआइभी भाइरल लोड, विभिन्न सरुवालगायतको परीक्षण गर्नुपर्ने हुन्छ। ती परीक्षणहरु अबदेखि शुक्रराज अस्पतालमा निःशुल्क हुने निर्देशक डा. बास्तोलाले सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्