जनता टाइम्स

१७ असार २०७८, बिहीबार १७:४०

हट्यो कोरोनाबिरुद्ध खोपको चिन्ता : चीनसँग ४० लाख डोज खोप खरिद सम्झौता, यसै साता १० लाख


काठमाडौं, असार १७

सरकारले चिँनिया कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरिदको सम्झौता गरेको छ । नेपालले अहिले चिनबाट ४० लाख डोज खोप ल्याउने भएको हो । चिन सरकारको अनुरोधमा खोप खरिद प्रक्रिया तथा मुल्य गोप्य राखि नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चिनले धेरै देशहरुमा एनडीए हुनु पर्ने सर्तमा बिक्रि प्रक्रिया अगाडी बढाएको र नेपाल पनि त्यसमध्ये एक हो । उहाँले अहिले मुल्यभन्दा समयमा खोप खरिद गर्न पाउनु ठुलो कुरा भएको बताउनुभयो ।

१० लाख डोज खोप यसै साता नेपाल आउने भएको छ । भारतले खोप निर्यातमा रोक लगाएपछि नेपालले बेलायत, रुस, युरोपियन युनियन, कोभ्याक्स सुविधाबाट पनि खोप ल्याउने पहल थालेको छ ।