काठमाडौं, असार १९ । इटाली युरो २०२० फुटबलको सेमीफाइनलमा पुगेको छ । शुक्रबार राती भएको दोस्रो क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ गोलले हराउँदै इटाली सेमीफाइनलमा पुगेको हो ।
इटालीलाई जिताउन निकोला बेरेल्ला र लोरेन्जो इनसिनिआईले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरे । तीन वटै गोल पहिलो हाफमा भएका थिए । दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि इटाली विजयी भएको हो । शुक्रबार राती नै स्वीट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन सेमीफाइनल पुगेको थियो ।













प्रतिक्रिया दिनुहोस्