काठमाडौं, असार २० । ह्यारी केनले दुई गोल गोलको मद्दतमा इंगल्यान्ड युरो च्याम्पियनसिप २०२० को सेमिफाइनलमा पुगेको छ । शनिबार राती भएको खेलमा युक्रेनलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै इंगल्यान्ड सेमिफाइनल पुगेको हो ।
इंगल्यान्डलाई जिताउन कप्तान ह्यारी केनले दुई गोल गरे । खेलको ४ र ५० औँ मिनेटमा उनले गोल गरे । यस्तै ह्यारी मागुइरे र जोर्डन ह्यान्डरसनले एकरएक गोल गरे ।
प्रतिक्रिया दिनुहोस्