काठमाडौं, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका डाक्टरहरु बिदेसका भन्दा अब्बल रहेको प्रमाण आफ्नै मृगौला प्रत्यारोपणको क्रममा पाएको बताउनु भएको छ ।
देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको र नेपाली डाक्टरहरुले बिदेसी भन्दा अब्बल रहेको प्रमाण दिएको उहाँले बताउनु भयो । प्रधानमन्त्री ओलीले विदेशमा गरेको पहिलो प्रत्यारोपणभन्दा स्वदेशमा गरेको दोस्रो प्रत्यारोपण बढी सहज र प्रभावकारी बनेको आफ्नो अनुभुति पनि सुनाउनु भयो ।
‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरुले केही समय डायलाइसिसमै बस्नुपर्ने जस्तो कुरा गरेका थिए । यहाँका डाक्टरले हामी गर्छौं भने,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ।
पहिलोपटक प्रत्यारोपण गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रोपटकको प्रत्यारोपणपछि भने त्यस्तो समस्या झेल्नु नपरेको उहाँको अनुभव छ ।
प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपण गरेको १२/१३ दिनमै कार्यक्रममा भाग लिन थाल्नुभएको थियो । त्यसयता हालसम्म कुनै समस्या नहरेको उहाँले प्रष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्